पुर्वराजा ज्ञानेन्द्रलाई हृदयघात, स्वास्थ्य अवस्था सामान्य

असोज ५,काठमाडौं –हृदयघातका  थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था खतरामुक्त रहेको छ । हिजो बेलुका अचानक हृदयघात भएपछि तत्काले अस्पताल भर्ना गरीएको र करिब साडे ३ घण्टा पछि अवस्था  सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई आइसियुमा राखेर उपचार जारी राखिएको र अहिले अवस्था खतरामुक्त रहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा भारत रावतले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सक  डा। रावतका अनुसार शाहको अहिले एन्जिओ प्लाष्ट गरेर मुटुका स्टोन प्रत्यारोपण गरी बन्द भएको भल्भ खुलाइएको छ ।अस्पताल स्रोतका अनुसार  उनको प्लस, ब्लडपेसर र अक्सिजनको मात्रा सामान्य बन्दै गएको छ। यसैबीच अहिले राजावादी तथा उनका शुभेच्छुकहरु शाहको स्वास्थ्यलाभको कामनाका लागि अस्पताल परिसारमा ठुलो संख्यामा भिड लागेको छ ।