नेपालकै अग्लो कुश्मा–कैया झोलुंगे पुल संचालन

असोज ५,पर्वत-पर्वतको कुस्मा र बागलुङको नारायणस्थान कैया जोड्ने बहुप्रतिक्षित झोलुंगे पुल सम्पत्र भएको छ । यो कालीगण्डकी नदी माथि नेपालमै सर्वाधिक उचाईमा बनेको झोलुंगे पुल हो । नवनिर्मित पुलबाट यात्रुहरुलाई भदौ ३१ गते देखी आवतजावत ­वारपार) गर्न अनुमति दिईएको छ । हिँजो सम्म फाट्ट फुाट्ट मानिसहरु पुल हेर्न आउँथे भने अहिले पुल वारपार गर्ने र हेर्नेहरुको ताँती नै लागेको छ ।

बागलुङ जिल्लाका दक्षिण भेगका दर्जन गाविसका जनताहरुलाई यस नवनिर्मित झोलुंगे पुलबाट प्रत्यक्ष फाईदा पुग्ने छ भने पर्वत सदरमुकाम कुस्मा बजारको व्यापार व्यवसाय फस्टाउने छ । यो पुल सन्चालनमा आएपछी कुस्मा र बलेवालाई जोड्ने यान्त्रिक पुलबाट वारपार गर्ने यात्रीहरुको संख्या ह्वात्तै घट्ने अनुमान बलेवा क्षेत्रमा गरिएको छ । यान्त्रिक पुल व्यवस्थापनले ढाडै भाँच्ने गरी लिने गरेको भाडाले अाित्तएका वलेवालीहरुलाई यो पुलको निर्माणले राहत पुग्ने वलेवालीहरुले बताएका छन् ।

कुस्माको हितलाई मात्र विशेष ध्यानमा राखी निर्माण गरिएको यान्त्रिक पुल वलेवालीहरुको शोषण गर्ने एक माध्यम बनेको टिप्पणी भैरहेको अवस्थामा कैया कुस्मा झोलुंगे पुल सन्चालनमा आउनु आम बलेवालीहरुको लागि खुसीको कुरा बनेको छ । नवनिर्मित कुस्मा कैया झोलुंगे पुलको विधिवत उद्घाटनको कार्यव्रmम तय भैनसकेको पुल निर्माण समितिले जनाएको छ । यो पुलको शिलान्यास तत्कालीन अर्थमन्त्री बर्षमान पुनले गरेका थिए । पुलको लम्वाई ३६६ मिटर छ भने उचाई १६६ मिटर छ ।