६ महिनाकी गर्भवतीलाई निर्ममतापूर्वक जलाइयो

असोज ५,नेपालगन्ज-नेपालगन्जमा एक गर्भवती महिलालाई आगो लगाएर विभत्स रुपमा जलाइएको छ। नेपालगन्ज बाँके गाउँ बस्ने ६ महिनाकी गर्भवती ३० वर्षीया साजाहाँ कबडियाको शरीर पुरै जलेको खबर आजको अन्नपूर्णमा छापिएको छ।  शुक्रबार राती उपचारको लागि कबडियालाई भेरी अञ्चल अस्पताल भर्ना गरिएको छ। प्रहरीले जलाउने अपराधमा संलग्न भएको आशंकामा पति मोहमद सामिरलाई पक्राउ गरेको छ।

 भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी कबडियाको अवस्था गम्भीर रहेको अस्पतालकी नर्स सुभद्रा रोकायले बताइन्। उनले भनिन्, ‘अवस्था अत्यन्तै नाजुक छ छटपाइरहेकी छन् , स्लाइदिने ठाउँ समेत छैन , नसाहरु सबै जलेका छन्।’ पतीलाई प्रहरीले पक्राउगरेपछि अस्पतालमा साजाहाँको कुरुवा समेत कोही छैनन।
‘यता उताबाट हामीले नै औषधी उपचार गरिरहेका छौ, रोकायले भनिन्। ‘ मेरो श्रीमानलाई प्रहरी प्रकाउ गरेको छ , म केही भन्दिन, साजाहाँले भनिन्। साजाहालाई परिवार कै सदस्यले जलाएको आंशका प्रहरीले गरेको छ। अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हु भन्दै आएको तर खाना लिन जान्छु भनेर फर्केर नआएको बताए। ‘ कोही आफन्त पनि आएका छैन, पानी , खाना दिने मान्छे पनि कोही छैन, जवान केसीले भने।
जलाइएकी साजाहाँको घर भारतको बहराइचमा रहेका प्रहरीले जनाएको छ। बाँकेका प्रहरी नायब उपरीक्षक सुशिलसिंह राठौरले साजाहाँको घटनाको बारेमा श्रीमान मो.समिरलाई पक्राउ गरी प्रहरी अनुसन्धान अगाडि बढाएको बताए। यसअघि पनि बाँकेमा तीन महिलालाई दाइजोको नाममा जलाइएको छ।