नेत्री प्रधानलाई फेरि निमोनिया

असोज ४, काठमाडौँ-वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानलाई फेरि निमोनियाको समस्या देखिएको छ । उनको उपचारमा संलग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानलाई केही दिनदेखि निमोनियाको समस्या देखिएको र अहिले अन्य समस्या भने नभएको बताएका छन् । फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचार कक्षमा नेत्री प्रधानको उपचार भइरहेको छ ।  सुरुमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा अहिले मस्तिष्कघात र फोक्सोमा देखिएको सङ्क्रमणबाट खतरामुक्त भएकाले भेन्टिलेटरबाट निकालिएको छ ।     डा कसजुका अनुसार स्वास्थ्यमा सुधार भएर घर पठाउने तयारी गर्दागर्दै उहाँलाई अहिले निमोनियाको समस्या देखिएको र बेला–बेलामा भेन्टिलेटरमा समेत राख्नुपर्ने भएकाले घर नपठाइएको हो ।