इन्चोनमा मलेसियाद्धारा नेपाल पराजित

असोज ४, काठमाडौँ-दक्षिण कोरियाको इन्चोनमा जारी १७ एसियाली खेलकुदमा नेपाल मलेसियाद्धारा ३ ० ले पराजित भएको  छ । आज बिहान भएको व्याडमिन्टन तर्फको खेलमा बलियो राष्ट्र मलेसियाविरुद्धको महिला टिम इभेन्टमा नेपाल खराब शुरुवात गरेसँगै ३–० ले पराजित भएको हो । नेपालकी  सरादेवी तामाङ मलेसियाकी खेलाडी लि लियान याङसंग २१–४ र २१–११ ले पराजित भएकी हुन् । यसैगरी, नङसलदेवी तामाङ मलेसीयाकी यिन फन लिमसंग २१–२ र २१–७ ले पराजित हुनुभयो भने शिक्षा श्रेष्ठ मलेसियाकै चिउ सियन लिमसंग २१–१३ र २१–९ ले पराजित भएका छन् । आज नेपालले पदकको आश गरेको जुडोका खेलहरु पनि प्रतिस्पर्धा गर्दैछन््। आज दिउँसो जुडोको ५२ किलो तौल समूहमा देवीका खड्काले भारतीय खेलाडी कल्पना देवीको सामना गर्दै हुनुहुन्छ । त्यसैगरी, ६० किलो तौल समूहमा सरोज महर्जनले कोरियाली खेलाडी किम पार्कको सामना गर्दैछन् ।