सेनामा एउटै ठेकेदार स्वदेशी र विदेशी

असोज ४,काठमाडौं-सेनाको दूरबिन खरिदमा भैसेपाटीस्थित नेपाली ठेकेदार कम्पनी अन्तर्राष्ट्रिय बिजनेस नेटवर्क आइबिएनका प्रमुख लोकेन्द्र कार्कीको दोहोरो भूमिका देखिएको छ ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ, कार्कीले ठेक्काको प्रिन्सिपल कम्पनी सिंगापुरको ग्लोवल होल्डिङसको निर्देशकका हैसियतमा क्यानडाको निकोन अप्टिक लिंकबाट दूरबिन किनेर सेनालाई बुझाएको खुलासा भएको छ ।

सम्बन्धित सैनिक अधिकारीको लापरबाही र कार्कीको दोहोरो भूमिकाका कारण एक वर्ष अघि ४८ थान एलआरएच नाइटभिजन दूरबिन खरिद गर्दा सेनालाई करिव साढे ३ करोड रुपैयाँ घाटा भएको छ ।

सेनाले थालेको छानबिनमा ठेकेदार कार्कीले स्वदेशी र विदेशी दुबै कम्पनीको संचालक हैसियतमा काम गरेको रहस्य खुलेको हो ।