विश्व सरसफाइ दिवस मनाइदै

असोज ४, काठमाडौँ-विश्व सरसफाई दिवस विविध कार्यक्रम गरी आज नेपालमा पनि मनाइदैछ । दिवसको अवसरमा आज विभिन्न सरकारी  तथा गैरसससरकारी संघ संस्थाहरुले विभिन्न जनचेतना र सरसफाई सम्बन्धी कार्यक्रम गर्दैछन् । दिवसकै अवसरमा क्लिन अप नेपालले देशब्यापी रुपमा सरससफाइृ अभियानको आयोजना गरेको छ ।

यस बर्षको सरसफाइ दिवसको नारा हरित क्रान्तिमा सहभागी होऔँ, सामुदियक प्रदुषणलाई रोकौँ भन्ने रहेको किलन अप नेपालकी संस्थापक तथा अन्तराष्टिय संयोजक डा नीलम प्रधानाङले जानकारी दिनुभयो । एक दिवसीय सरसफाई अभियान मुलुकभरका ७० शहरमा एक साथ अभियान संचालन हुने बताइएको  छ । कार्यक्रमको केही बेर अघि अष्टेलियन राजदुत ग्लेन ह्वाटले उद्घाटन  गुनभएको छ ।

यसैबिच शहरी वातावरणमा परिरहेको प्रतिकूल प्रभावलाई कम गर्न वातावरण संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन १९९७ देखि हरेक वर्ष सेप्टेम्बर तेस्रो हप्ता विश्वभरी नै सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा हालसम्म विश्वभर १ सय ३० वटा देशबाट करिब ३ करोड ५० लाख मानिसहरु सहभागी हुँदै आएका छन । यस पटकको मूल नारा “आवर प्लेस, आवर प्लानेट, आवर रेस्पन्सीबिलिटी” रहेको छ ।