नेपाल पुलीस र मध्यमाञ्चल विजयी

असोज ३,काठमाडौँ-चितवनमा जारी महिला राष्ट्रिय लिगमा शुक्रबार मध्यमाञ्चल र नेपाल पुलिसले जित हात पारेका छन्। शुक्रबार सम्पन्न पहिलो खेलमा मध्यमाञ्चल महिला टिमले मध्यपश्चिमाञ्चल महिला टिमलाई  ३–० गोलले पराजित गरेको छ। त्यस्तै आजै भएको दोस्रो खेलमा नेपाल पुलिस महिला फुटबल टिमले पूर्वाञ्चल महिला टिमलाई ४–० गोलले पराजित गरेको छ। पुलिसका लागि  निरु थापाले २६, ३६ र ६९ औं मिनेटमा तथा यसोदा लामाले ५५ औं मिनेटमा गोल गरेका थिए।
football