प्रधानमन्त्री कोईराला आबुधावीमा

असोज ४, काठमाडौँ-संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा भाग लिन न्युयोर्क भ्रमणमा निस्कीनु भएका प्रधानमन्त्री सुशील कोइरालाले आज आबुधाविमा नेपाली कामदारको समस्याबारेमा जनाकारी लिई समाधानका लागी निर्देशन दिनु हुने भएको छ । मध्यपूर्व पश्चिम एशिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिई विशेष निर्देशन दिनु हुने परराष्टमन्त्रालयले जनाएको  छ ।

२२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो अपराह्न न्युयोर्क भ्रमणमा निस्कीनु भएका कोईराला आउँदो सोमबार मेमोरियल स्लोन क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण पनि गराउँनु हुने भएको छ । प्रधानमन्त्रीले महासभालाई भने यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोइरालाले राष्ट्र सङ्घका महासचिव वान कि मुनसँग असोज ११ गते विशेष भेटवार्ता गनेु कार्यक्रम छ ।

मन्त्रालयका अनुसार कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनुहुनेछ । न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले  आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनुहुनेछ ।  प्रधानमन्त्री कोइराला महासभासम्बन्धी कार्यक्रम सकेर यही असोज १६ गते स्वदेश फर्कीने कायक्र तय भएको  छ ।