कर्णाली सम्झौता सम्पन्न

असोज ३,काठमाडौँ-नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको छ । प्रधानमन्त्री सुशील कोइराला र भारतका गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा शेशानले आज सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । र्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले जिएमआरसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा भएको सम्झौताले मुलुकको आर्थिक समृद्धिको ढोका खुलेको बताएका थिए । मन्त्री गौतमले  निजी क्षेत्रको लगानीमा यति ठूलो आयोजनामा पहिलोपटक सम्झौता भएको र त्यो नेपाल र नेपालीको हितमा प्रयोग हुने बताए । त्यसैगरी भारतीय गृहमन्त्री सिंहले भारत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै भारतले नेपालमा शान्ति समृद्धि र स्थायित्व चाहेको बताए  । उनले भारत नेपालको समृद्धि चाहन्छ छिमेकीहरूको समृद्धिबाटै भारतको पनि समृद्धि हुनेमा हामी विश्वस्त रहेको बताएका थिए ।