सार्क मुलुक एक जुट हुनुको विकल्प छैन: प्रम कोइराला

असोज ३,काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले सार्क मुलुक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । शान्ति, स्थायित्व र समृद्धिको साझा यात्रामा आतङ्कवाद, अतिवाद र असहिष्णुताले सहनशीलताको संस्कृति एवम् शान्तिपूर्ण अस्तित्वलाई जोखिममा पारेको बताउँदै त्यसविरुद्ध सार्क मुलुकका ८ वटै देश मिल्नुको बिकल्प नभएको बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन गर्दै प्र्रम कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको आठ वर्षपछि आज यहाँ आयोजित छैटौँ आन्तरिक मामिला÷गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन गर्दै उनले सार्कको स्थापनासँगै दक्षिण एसिया अझ प्रजातान्त्रिक बन्दै गए पनि यस क्षेत्रको मानवअधिकार र वैयक्तिक अधिकार अतिवादीहरूको निशाना बनेको बताएका हुन् ।

सार्कको स्थापनासँगै दक्षिण एसिया अझ प्रजातान्त्रिक बन्दै गए पनि यस क्षेत्रको मानवअधिकार र वैयक्तिक अधिकार अतिवादीहरूको निशाना बनेको उनको तर्क थियो । सार्क राष्ट्रमा सङ्गठित अपराध, सीमापार अपराध, मानव तस्करी, लागुऔषध व्यापार एवम् महिला र किशोरीविरुद्धका हिंसा बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यस्ता आपराधिक गतिविधि र चुनौतीको सामनाका लागि सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औँल्याएका थिए । मुलुकको पछिल्लो राजनीतिक विकासक्रमबारे जानकारी दिँदै उहाँले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न नेपालका राजनीतिक दल लागिपरेका बताएका छन् ।