संसद खुलाउने छलफल निष्कर्षबिहिन

असोज ३,काठमाडौँ-लामो समयदेखि अबरुद्ध व्यवस्थापीका संसद खुलाउने विषयमा आज सत्तारुढ दल र संघिय गणतान्त्रीक मोर्चाबीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ ।  सत्तारुढ काग्रेस–एमाले र मोर्चामा आबद्ध दलहरुबीच बालुवाटारमा भएको छलफल सहमतीमा पुग्न नसकेको हो । अमेरिका जानुअघिनै संसदको अबरोध हटाउन हिजो सभामुख सुवास नेम्वाङले सरकारको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री कोइरालाले आज बैठक बोलाएका थिए । बैठकमा सत्तारुढ दलहरुले सदनको अवरोध खोलेर वार्तामा आउन आग्रह गरेको तर मोर्चाले सहमती अक्षरस कार्यान्वयन भएमात्रै सदन खोल्ने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको एकीकृत माओबादीले जनाएको छ ।  मोर्चामा एकीकृत माओबादीसहित मधेसबादी दल र संघिय समाजबादी आबद्ध छन् । बिपक्षीको मागप्रति सरकार गंभिर नहुदा संसदमा बिनियोजन बिद्येक माथिको छलफल निरन्तर प्रभाबित हुदै आएको छ ।