बेलायत नटुक्रिने भयो,स्टकल्याण्ड स्वतन्त्रताको विपक्षमा मतदान

असोज ३, काठमाडौं – बेलायत नटुक्रिने भएको छ । स्कटल्याण्ड अलग हुनुपर्ने माग उठेपछि थरिएको जनमत संग्रहमा बेलायती जनताले स्कटल्याण्डको विपक्षमा मतदान गरेकाले बेलायत नटुक्रिने भएको हो । स्कटल्याण्डको पक्षमा ४४.६ प्रतिशत मत खसेको छ भने बिपक्षमा ५५.४ प्रतिशत मत खसेको बेलायती संचारमाध्यमहरुले जनाएका छन । जनमत संग्रहमा १५ लाख १२ हजार ६ सय ८८ जनाले मत खसालेका थिए । करिब साढे ३ लाख मतान्तरका कारण स्कटल्याण्ड बेलायतबाट छुट्टिन सकेन । मत परिणामपछि प्रतिकृया दिदैं बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले खुशी व्यक्त गर्दै स्कटल्याण्डलाई थप अधिकार सम्पन्न बनाइने बताए ।