लिटरेचर फेस्टिभल सुरु

असोज ३,काठमाडौँ-एनसेल नेपाल लिटरेचर फेस्टिभलको चौथो संस्करण आजबाट शुरु भएको छ । ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने नारा सहित नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तराट्रिय स्तरमा पुर्याउने उदेश्यले एनसेल नेपाल  र बुकवर्म फाउन्डेसनले संयुक्त रुपमा साहित्यजात्रा गरेको आयोजक अजित बरालले जानककारी दिए । साहित्य मेलाको पहिलो दिन आज आठ श्रृखलामा विभिन्न कार्यक्रमहरु भएका थिए । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नारी साहित्य जात्रामा भारत, बंगलादेश, बेलायत र  इटलीका चर्चित साहित्यकारले भाग लिएका आयोजकले जनाएको छ । साहित्य जात्रा असोज ६ गतेसम्म चल्नेछ । भोली ११ श्रृखला रहेको बरालले बताए ।