१७ औँ एसियाड प्रतियोगिता आजबाट सुरु

असोज ३, काठमाडौँ-१७ औँ एसियाड खेलकूद प्रतियोगिता आजबाट दक्षीण कोरियाको इन्चोनमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन इन्चोन एसियाड स्टेडियममा हुने भएको हो ।  खेलको औपचारीक उद्दघाटन आज हुने भए पनि खेलहरु भने भने भदौ २९ गतेदेखि नै सुरु भइसकेका छन् । एसियाडका ४५ राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ ।  ९ हजार ४ सय २९  खेलाडी मध्य नेपालको पनि २ सय ४ खेलाडी सहभागीता जनाउँदै छन् । ४ सय ३९ स्वर्ण पदकका लागि खेलाडिहरुले प्रतिस्पर्धा गर्ने भएका हुन । प्रतियोगीतका लागि ४९  खेल मैदान तयारी गरिएको छ ।