एकै दिन ३५ गोल

असोज ३, चितवन-नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए। त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध १४ गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चलविरुद्ध २१ गोल गर्योो। एपिएफकी सजना रानाले एक्लैले ९ गोल गरिन्। त्रिभुवन आर्मीका लागि दीपा न्यौपानेले ८, इन्दिरा राई र भुजंगा राईले २–२ तथा अञ्चली वाइबाले एक गोल गरेका थिए। सुदूरपश्चिमबाट आर्मीले एक आत्मघाती गोल उपहार पायो। पश्चिमाञ्चललाई निरीह पार्दा एपिएफबाट सजनाबाहेक अनिता बस्नेतले ५, सावित्री भण्डारी, सपना राई, रेनुका नगरकोटीले २–२ र गीता रानाले एक गोल गरेका थिए। सजनाले मध्यपश्चिमविरुद्ध पनि ह्याटि्रक गरेकी थिइन्। प्रतियोगितामा क्षेत्रीय टोलीहरू निकै निरीह देखिएका छन् छन्। पूर्वाञ्चलले मात्र विभागीय टोलीलाई केही टक्कर दिए पनि अरुले फराकिलो अन्तरले पराजय बेहोरेका छन्। पूर्वाञ्चल आर्मीसँग २–० ले र नेपाल पुलिससँग १–० ले पराजित भएको थियो। साविक विजेता नेपाल पुलिसलाई मध्यमाञ्चलले १–० मै रोक्न सक्नु ठूलो उपलब्धि देखिएको छ।