बिपी कोइराला प्रतिष्ठानमा हडताल जारी

असोज ३, काठमाडौँ-तलब लगायतका सुविधाको माग राखी हडताललाई निरन्तरता दिएका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरूले आज पनि जारी राखेका छन् । प्रतिष्ठानका आपत्कालीन सेवा र अन्तरङ्ग सेवाबाहेक प्रशासनिकलगायतका सेवाका साथै शैक्षिक क्षेत्रसमेत ठप्प रहेको छ । प्रतिष्ठानका कर्मचारी कल्याण समाजले नेपाल सरकारले तलबमानमा गरेको वृद्धि गरेअनुरूप तलब वृद्धि हुनुपर्ने र २५ प्रतिशत प्रोत्साहन भत्तामा पनि वृद्धिलगायतका माग राखी विगत ४ दिनदेखि आन्दोलनलाई निरन्तरता दिइरहेको समाजका अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए । तामाङले लामो समयदेखि कर्मचारीहरूको मागलाई प्रतिष्ठानका व्यवस्थापन पक्षले बेवास्ता गर्दै आइरहेकाले हडतालमा उत्रनुपरेको बताएका छन् ।  प्रतिष्ठानमा चिकित्सक र कर्मचारीसमेत गरी एक हजार ५०३ जना कार्यरत छन्