स्कटल्याण्ड जनमत संग्रह,मतगणना जारी

असोज ३, काठमाडौँ-संयुक्त अधिराज्यसंगै बस्ने वा छुट्टिएर स्वतन्त्र राज्यको रुपमा स्कटल्याण्ड रहने भन्ने जनमत संग्रहको परिणाम आज आउदै छ । परिणाम अहिले बिहान ११ बजे सम्ममा आइपुग्ने हुनाले परिणाम घोषणा हुने स्थल वरीपरी मानिसहरुको बिहानै देखि घुइचो लागेको बिबिसीले जनाएको  छ । हिजो सम्पन्न जनमत संग्रहमा स्कटल्याण्डका ४२ लाख ८५ हजार ३ सय २३ जनताले भाग लिएका थिए मतदानमा स्वतन्त्रताका पक्षमा मतदान गर्नेले ‘एस’  विपक्षमा मतदान गर्नेले ‘नो’ मा मतदान गरेका थिए ।  मतपत्रमा दुई वटा मात्र विकल्प दिइएको बीबीसीले जनाएको छ । ७ लाख ८९ हजार २४ जनाले हुलाकबाट मतदान गर्ने गरी नाम दर्ता गरेका छन् । मतदानमा स्वतन्त्रताका पक्षधरले जितेमा स्कटल्याण्ट छुट्टिने छ । संयुक्त अधिराज्यको नक्सामा परिवर्तन हुने छ । यदी यूकेमै रहने भन्नेले जितेको खण्डमा स्कटल्याण्ले थप सुविधा र थप शक्ती पाउने बेलायती प्रधानमन्त्री डेभिड क्यारुन लगाएतका नेताले प्रतिबद्धता जनाएका छन् ।