मलेसियाबाट ३ सय ७७ नेपाली फर्काइए

 असोज ३, काठमाडौं-आजको नागरिक लेख्छ २ वर्षका लागि मलेसिया गएका रुकुम रमेश थापा चार महिना नपुग्दै बिहीबारराति काठमाडौं  आइपुगे । डेढ लाख तितेर मलेसिया पुगेका उनी भने अनुसार काम र तलव नपाएपछि कम्पनी छाडेर भागेर थिए । त्यसपछि उनी लसकीछिपी बस्दै आएको थिए ।

मलेसियामा कम्पनी छाडेर गैरकानुनी हैसियतामा रहेका ३ सय ७७ जना नेपाली कामदारलाई बिहीबार श्रम तथा रोजगार मन्त्रालयको पहलमा विमान चार्टर गरेर नेपाल ल्याइएको छ । थापा तिनै मध्येका हुन् ।

९ सय रिंगेट तलव हुन्छ भनेर गएको ६ सय पनि दिएन थापाले भने त्यही पनि २ महिना काम पाइएन । फलाम उचाल्न लगाइयो, बरु नेपालमै दुख गरेर दसैं मनाउने सोचनले आइयो । मलेसियामा ४० देखि ५० हजारसम्म नेपाली कामदार गैरकानुनी रुपमा बस्दै आएका छन् । डिसेक्बरसम्ममा १५ हजार नेपाल आइसक्ने दुतावासले जनाएको छ ।