माओवादीले पिटिए पिडीए सम्झौताको विरोधमा आन्दोलन गर्दै

असोज ३, काठमाडौँ-नेकपा–माओवादीसहितको मोर्चाले सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता  पिटिए र माथिल्लो कर्णाली परियोजनामा विद्युत् विकास सम्झौता पिडिए को तयारीको विरोधमा आजदेखि आन्दोलन गर्दैछ । मोर्चाले आज  २४० वटै निर्वाचन क्षेत्रमा ऊर्जा व्यापार सम्झौता ९पिटिए० विरोध प्रदर्शन सहित जलाउन कार्यक्रम रहेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।  त्यस्तै  असोज ६ गते देशका प्रमुख सहर विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, दाङ, नेपालगन्ज, सुर्खेत र धनगढीमा अन्तत्र्रिmयात्मक गोष्ठी गर्ने र  असोज ८ गते बुटवलमा विरोध प्रदर्शनसहित विरोधसभा गर्ने भनिएको छ ।  प्रवक्ता भुषालका अनुसार भारतसँग गर्न लागिएको सम्झौता राष्ट्रिय हित विपरीत भएको ठहर गर्दै मोर्चाले आजबाट बिरोधका कार्यक्रम गर्न लागेको हो ।