वैद्य क्रान्तिकारीद्धारा शैक्षिक संस्था बन्दको आब्हन

असोज ३, काठमाडौँ-निजी विद्यालयमा मनोमानीरुपमा वृद्धि गरिएको शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयनका विषयमा नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले आज मुलुकभरका निजि शैक्षिक संस्था बन्दको आवहान गरेको छ । नेकपा–माओवादी निकट अनेरास्ववियु  क्रान्तिकारी, निजी विद्यालय सञ्चालक र शिक्षा मन्त्रालयबीच भएको वार्ता हिजो पनि विना निष्कर्ष टुङ्गिए पछि आज देखि आईतबार सम्मका लागी सबै विद्यालय बन्दको आह्वान गरेको अनेरास्ववियुले जनाएको  छ । विद्यार्थी सङ्गठनको मागबमोजिम अनियमित ढङ्गले शुल्क वृद्धि गर्ने विद्यालयमाथि छानविन गरी कानुनी दायरामा ल्याउन सरकारका तर्फबाट  प्रतिबद्धता व्यक्त गरिए पनि क्रान्तिकारीले तत्कालै त्यस्ता विद्यालयलाई कारबाही नगरिएसम्म वार्ताले निकास नपाउने अडान राखेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो ।  शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले समस्यालाई वार्ताको माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्न मन्त्रालय गम्भीर रहेकाले यस विषयमा सरोकारवाला पक्षबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।