सार्कको गृहमन्त्री स्तरीय छैठौँ बैठक आज

असोज ३, काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको गृहमन्त्री स्तरीय छैठौँ बैठक आज बस्दै छ । बैठकको प्रधानमन्त्रि सुशिल कोईरालाले उद्दघाटन गर्ने कार्यक्र रहेको छ ।  बैठकमा सहभागिता जनाउनको लागी सार्कका सबै  गृहमन्त्रिहरु  हिजो नै जाजधानि आई सकेका छन् । यस अघि गृहसचिव र अध्यागमन अधिकारीहरूको बैठक पन बसि सकेको छ । बैठकले यसअघिका सार्क शिखर सम्मेलनमा व्यक्त प्रतिबद्धताका विषयलाई प्राथमिकतामा राख्दै दक्षिण एसियामा आतङ्कवाद, लागुऔषध कारोबार, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार र विद्युतीय अपराध नियन्त्रणलगायत विषयमा छलफल गरी साझा प्रतिबद्धता व्यक्त गर्नेछ । सार्कका गृहमन्त्रीहरू, गृहसचिव र अध्यागमन अधिकारी सहभागी हुने उक्त बैठक सन् २००६ देखि नियमितरुपमा आयोजना हुँदै आएको छ ।