फिफा वरियतामा नेपाल १७ स्थान तल

असोज २, काठमाडौं – फिफाको नयाँ वरियता क्रममा नेपाल १७ स्थान तल झरेर १८३ स्थानमा आएको छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले आज जारी गरेको नयाँ तालिकामा जानकारी दिइएको हो । नेपालले पछिल्लो जारि एसियाडमा दुइ खेल नराम्रोसंग हारेकाले यो स्थानमा झरेको हो । पहिलो खेलमा नेपाल इराकसँग ४–० र दोस्रो खेलमा कुवेतसगँ ५–० ले पराजित भएको थियो । खेलको अर्को प्रतियोगी जापानसग खेल्न बाकी छ । फिफाको नयाँ वरियता क्रममा अफगानिस्तान शीर्ष स्थानमा छ । माल्दिभ्स १४५ औं स्थानमा छ भने भारत ८ स्थान तल झर्दै १५८ औं स्थानमा आइपुगेको छ । पाकिस्तान ११ स्थान तल झरी १७५ औं स्थानमा आयो भने श्रीलंका दुई स्थानमा माथि उक्लिएर १७६ औं स्थानमा पुग्यो । त्यस्तै बंगलादेश १८१ औं स्थानमा र भुटान २०८ औं स्थानमा कायमै छ ।