महिला लिगमा आर्मी र सुदुरपश्चिमान्चल तथा एपीएफ र पश्चिमान्चल भिड्ने

असोज २, काठमाडौँ-नारायणगढको क्याम्पाचौरमा जारी महिला लिग राष्ट्रिय फुटवलमा आज पनि दुई खेल हुदैछन् । आज आर्मी र सुदुरपश्चिमान्चल तथा एपीएफ र पश्चिमान्चल भिड्ने छन् । यसअघि हिजो भएका खेलमा पुर्वान्चल र नेपाल पुलिस विजयी भएका थिए । यसैबीच काठमाडौंमा जारी १९ बर्ष मुनिको राष्ट्रिय क्रिकेटमा आज तीन खेलहरु हुँदैछन् । आज काठमाडौं र जनकपुरले आर्मी मैदान, भक्तपुरमा खेल्नेछन । यस्तै पुल्चोक मैदानमा पोखरा विरुद्ध भैरहवाले प्रतिस्पर्धा गर्नेछ भने त्रिवि मैदानमा बैतडी र विराटनगर आमनेसामुने हुनेछन । प्रतियोगितामा हिजो नेपालगञ्जले वीरगञ्जलाई र बैतडीले धनगढीलाई हराएको थियो ।