पहिलो राष्ट्रिय परिवार नियोजन दिवस मनाइदै

असोज २, काठमाडौँ-आज पहिलो राष्ट्रिय परिवार नियोजन दिवस ‘व्यबस्थित परिवार, स्वास्थ्य र बिकासको आधार’ भन्ने नारासहित मनाइदै छ । यौन तथा प्रजनन अधिकारका क्षेत्रमा कार्यरत नेपाल परिवार नियोजन सङघको विसं २०१५ सेप्टेम्बर १८ मा स्थापना भएको दिनको स्मरणमा दिवस मनाउन लागिएको हो । आफ्नो स्थापना दिवसलाई सङघले परिवार नियोेजन दिवसका रुपमा मनाउदै आइरहेको भएपनि राष्ट्रिय दिवसको रुपमा यस वर्ष पहिलो पटक मनाउन लागिएको हो । दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सन्देश दिंदै अन्तरराष्ट्रिय रुपमा सन् २०२० सम्ममा परिवार नियोजनको सेवाबाट बन्चित भएका महिला, पुरुषको लागि परिवार नियोजन २०२० को अभियानका साथ विशेष कार्यक्रम संचालन भइरहेको बताएका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले परिवार नियोजन लगायत प्रजनन स्वास्थ्यलाई हरेक नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरेको छ ।