नेताको स्वार्थमा जथाभावी डोजर

असोज२,काठमाडौं–

गणेशबहादुर खड्का स्थानीय विकास राज्यमन्त्री हुँदा विशेष बजेट शीर्षकअन्तर्गत दैलेखको ग्रामीण सडकका लागि ७६ लाख रुपैंयाँ आयो । जिल्ला विकास समितिसँग आर्थिक वर्ष २०६६–६७ को अन्त्यतिर आएको बजेट सक्नुको विकल्प थिएन । ठाउँ–ठाउँमा डोजर लगाएर नयाँ सडक खनियो । त्यसरी खनिएका एउटै सडक अहिले सञ्चालनमा छैनन् । बरु ती सडकले बस्तीले पहिरोको जोखिम बढाएका छन् ।

तिनैमध्ये एउटा हो–सेरी(पातिकाल्ला सडक । जिविस स्रोतकाअनुसार ६ किलोमिटर लामो उक्त ट्रयाक खोल्न ३५ लाख रुपैंयाँ खर्च भएको थियो ।‘डोजरले सडक त खन्यो, तर अहिले त्याहाँ गाडी गुड्नु टाढाको कुरा, मान्छेसमेत हिड्न डराउँछन्,’ स्थानीय चक्रबहादुर खत्रीले भने । जथाभावी खनिएकोले बर्खामा सडकका अधिकांश ठाउँमा पहिरो गएको उनले बताए ।

मध्यपहाडी लोकमार्गको जम्मुकाँध खण्डमा पनि विकासका नाममा ‘नौटङ्की’ भएको छ । तत्कालिन सभासद राजबहादुर शाहीको दबाबमा चौतारो भन्ने ठाउँमा पुग्नुपर्ने सडक गाविसका विभिन्न वडा घुमाएर लाम्बेतान पारियो । यसले सडकको लम्बाई मात्र बढाएको छैन, सडक खन्ने नाउँमा गाउँभरि डोजर धसाइँदा स्थानीयका खेतबारी पहिरोले सखाप पार्यो ।
आजको नागरिक दैनिकमा खबर छ ।

– See more at: http://www.ratopati.com/2014/09/18/168171.html#sthash.I4kS3ask.dpuf