कांग्रेसबाट को –को बन्दै छन् मन्त्री ?

असोज२,काठमाडौं–प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री कोइरालाले विनाविभागीयसहित केही मन्त्री केही मन्त्री थप्ने र कांग्रेसका तर्फबाट मन्त्री रहेका केहीलाई विदाई गर्ने तयारी गरेका छन् ।

साना दलका लागि छुट्याइएको मन्त्रालयमा प्रमुख सत्तासाझेदार कांग्रेस र एमालेले भागबन्डापछि मन्त्रिपरिषद् पनर्गठन गरिने प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले मिनेन्द्र रिजाल र सहरी विकासमन्त्री डा. नारायण खड्कालाई विदाई गरेर कांग्रेस नेताहरु दिलेन्द्र प्रसाद बडु,आनन्दप्रसाद ढुंगाना ,एज्ञबहादुर थापा र बालकृष्ण खाँणमध्येबाट मन्त्री बनाउने तयारी कोइरालाले गरेका छन् ।

तर बरिष्ठ नेता शेरबहादुर देउवाको आग्रहपछि शिक्षामन्त्री चित्रलेखा यादवलाई भने कायमै राखिने स्रोतको दावी छ । लामो समयका लागि देशबाहिर रहने भएका कारण प्रधानमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीयमन्त्री बनाउने र यस्तो अवस्थामा बडु विनाविभागीयमन्त्री हुने स्रोतको दाबी छ ।श्रमराज्यमन्त्री टेकबहादुर गुरुङलाई श्रममन्त्रीमा बढुवा गर्ने र राज्यमन्त्रीमा बद्री पाण्डे र मीन विश्वकर्मालाई ल्याउन सकिने स्रोतको दाबी छ । मन्त्रालयका विषयमा एमालेसँग कुरा मिलेपछि कसलाई के मन्त्रालय दिने भन्ने टुंगोमा पुगिने कांग्रेसनिकट स्रोत ले बतायो । प्रधानमन्त्रीका प्रेस हसायेगी प्रकाश अधिकारीले पनि प्रधानमन्त्री अमेरिका जानुअघि मन्त्रिपरिषद् पनर्गठन हुन सक्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।