जुट्यो पीडीएमा सहमति

असोज २,काठमाडौं–माथिल्लो कर्णाली जलविद्युत परियोजना प्रर्वद्धक कम्पनी जीएमआरसँग आयोना विकास संझौता (पीडीए) गर्न सहमति जुटेको छ ।सत्तारुढ दल कांग्रेस र एमालेबीच भएको दफाबार छलफलपछि पीडीए प्रस्तावमा थप प्रष्ट पार्ने गरी संझौता गर्ने सहमति जुटेको हो ।सहमति जुटे लगत्तै प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष सुशील कोइरालाको नेतृत्वमा बसेको बोर्डको १५ औं बैठकले जीएमआरसँग संझौता गर्ने निर्णय भएको हो । बैठकपछि बोर्डद्वारा जारी बिज्ञप्तिमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै भनिएको छ, यसले देश तथा विदेशमा नेपाल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का लागि उपयुक्त स्थल भएको समाचार प्रबाहित हुने आशा लिएको छु ।एमाले नेता विष्णु पौडेल र एमालेका मन्त्रीहरुसँग प्रधानमन्त्री कोइरालाले गरेको निरन्तर छलफलपछि सम्झौता गर्ने सहमति जुटेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।