बैद्य माओवादीमा रडाको

असोज२,काठमाडौं–संविधानसभा बाहिर रहेको प्रमुख शक्ति नेकपा–माओवादीको आन्तरिक विवाद चुलिँदै गएको छ । दुई लाइन संघर्षको प्रभाव पार्टीको आन्तरिक संगठनमा मात्र नभई बाह्य राजनीतिमा समेत देखिएको छ ।

विवादकै कारण आफ्नै माग अनुसार प्रमुख दलहरुले तय गरेको राजनीतिक सम्मेलन बहिस्कार भएको दावी पार्टी नेताहरुले गरेका छन् । आन्तरिक विवादको परिणाम स्वरुप बुधवार पार्टी अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेको एक कार्यक्रममा समेत नेताहरुको अर्को समूह सहभागी भएन ।‘पार्टी पदाधिकारीबीच विवाद पहिले विचार समूहमा मात्र केन्द्रित थियो । अहिले चाहिं छर्लङ्गै देखिन थालेको छु,’ राजनीतिक सम्मेलनमा समेत त्यसको प्रभाव देखिएको दावी गर्दै एक केन्द्रीय नेताले बताए ।

पदाधिकारीबीच महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले दुई धारको नेतृत्व गरेका छन् । एक वर्षदेखि नै दुई समूहबीच विचारसमूहकै विवाद चलिरहेकोमा पछिल्लो समय चन्द पक्षीय एक केन्द्रीय सदस्यमाथि कारवाही भएपछि अर्को पक्ष रुष्ट बनेको हो ।पार्टीको केन्द्रीय स्कुल विभागले कुपण्डोलमा आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष वैद्य नै प्रमुख वक्ता थिए । नेवा र ताम्सालिङ्ग राज्यका नेता–कार्यकर्तालाई दिइएको उक्त प्रशिक्षणमा चन्द समूहका नेता सहभागी भएनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।