शेयर बजारमा एकैदिन १ अर्व २० करोड कारोबार

असोज १, काठमाडौँ-नेपाली शेयर बजारमा हिजो भएको कारोवारबाट नयाँ रेकर्ड कायम भएको छ । यस दिन नेपाली पूँजी बजारको इतिहासमानै पहिलो पटक एकैदिन १ अर्व २० करोड रुपैयाँ भन्दा वढी कारोवार भएको छ । नेपाली बजारमा १ अर्ब भन्दा बढीको कारोवार भएको यो पहिलो पटक हो । हिजो शेयर बजारमा ९६ करोड ६० लाखको कारोवार भएको थियो ।

पछिल्ला दिनहरूमा बजारमा लगानीकर्ताको आर्कषण वढ्दै गएपछि नेप्से निरन्तर उकालो लागिरहेको छ । नेप्से परिसूचकमा लगातार वृद्धिले अबको केही दिनमा नै यसअघी बि.सं. २०६५ सालमा कायम ११ सय ७५ अंकको हाराहारी पुग्ने नेपाली शेयर विश्लेषकहरूले बताएका छन ।नेपाली शेयर बजारमा हिजोको तुलनामा आज ८ दशमलव ५६ अंकले बृद्धि भएर १ हजार ८३ दशमलव ५३ बिन्दुमा पुगेको छ । हालै मौद्रिक नीति सार्वजनिक भएपछि लघुवित्त कम्पनीका शेयरहरू निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।  हिजो क वर्गका वैंक, विकास बैंक, तथा होटल समूहको शेयर परिसुचक वढेको छ भने जलविद्युत, बीमा लगायत अन्य कम्पनीहरूका शेयर मूल्य घटेको छ । सोमबार कुल १ सय ४८ कम्पनीका ५ हजार ३ सय ४९ कारोबारबाट १ अर्व २० करोड ३१ लाख ५९ हजार ६ सय ९१ रुपैयाँ बराबरका २१ लख ७१ हजार ५ सय ८२ कित्ता शेयर खरिद विक्री भएको कुरा नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।