एसियाड फुटवलमा नेपाल कुबेतसंग ५-० ले पराजित

असोज १, काठमाडौँ -दक्षिण कोरियाको इचोन शहरमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत भएको फुटबल प्रतियोगितामा नेपाल बुधबार कुवेतसँग पराजित भएको छ ।  ग्यायोङ रङ्गशालामा भएको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोली आज भएको दोस्रो खेलमा कुवेतसँग ० विरूद्ध ५ गोलको अन्तरले पराजित भएको छ । यस अघिको पहिलो खेलमा नेपाल इराकसँग पनि पराजित भएको थियो । नेपालको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इराकले नेपाललाई ४–० गोलको फराकिलो अन्तरले जित हात पारेको थियो ।यस अघि सन् १९८२ मा भारतको नयाँदिल्लीमा भएको एसियाडमा पहिलो पटक खेलेको नेपालले त्यतिबेला पनि कुवेतसँग १–३ गोल अन्तरले हार व्यहोरेको थियो ।यस प्रतियोगिता अन्तर्गत नेपालले अबको खेल यही असोज ५ गते जापानका साथमा खेल्ने भएको छ ।