शिक्षकलाई दलित भन्दै डेरा दिएन्न

असोज १, जाजरकोट – दलित भन्दै जाजरकोटमा एक शिक्षकले बस्ने डेरा पाएका छैन्न । जिल्लाको थालारैकर–७ मा रहेको खड्ग देवी माध्यामि बिधालय लुटपाखामा नयाँ दरबन्दी लिएर गएका शिक्षक शिवलाल नेपालीले बस्नका लागि डेरा नपाएका हुन । गत साउनमा नियुतmी लिएर उतm बिधालय पुगेका शिक्षक शिवलालले आफु दलित भएकै कारण कसैले पनि बस्नका लागि डेरा दिन नमानेको दुखेसो गरेका छन । घरबाट चार घण्टाको दुरीमा बिधालय रहेकाले आफु दैनिक ८ घण्टा हिडेर आउने जाने गरेको शिक्षक शिवलालको गुनासो छ । विधालयमा अन्य शिक्षक कथित उपल्लो जातका भएका कारण आफूसंगै बसेर पानी समेत खान नमान्ने गरेको उनको भनाइ छ । आफु सो बिधालयमा  स्थायी नियुतmी लिएर निमित्त प्रधानाध्यापक भएको हुँदा संगैका अन्य शिक्षकहरुले दलितलाई निमित्त प्रअ नस्वीकार्ने भन्दै पठनपाठनमा समेत बाधा पु¥याइरहेको शिक्षक शिवलालले बताए ।
आफूलाई सहजरुपमा काम गर्न अपठ्यारो भैरहेकाले अन्यत्र सरुवा गरिदिनसमेत उनले जिल्ला शिक्षा अधिकारीसंग  अनुरोध गरेका छन । शिक्षक शिवलालमाथि एउटा शिक्षीत र सम्मानित पेशाकै ब्यतmीहरुबाट भैरहेको लाजमर्दो ब्यवहारको जाजरकोटका बिभिन्न दलित संघसंस्था र मानवअधिकारकर्मीले घोर बिरोध गरेका छन । यस घटनालाई सामान्यरुपमा नलिइ दोशीलाई हदैसम्मको कार्बाही गरि शिक्षक शिवलाललाई कुनै बाधा अबरोध बिना सहज रुपले काम  गर्ने वातावरणको सिर्जना गर्न सम्बन्धित निकायमा उनिहरुले जोडदार माग समेत गरेका छन । देशमा थुर्पै परिर्बतनहरु भैसकेको भएपनि नेपाली समाजमा अझै जातिय छुवाछुत जस्तो र्कुरुर घिनलाग्दो र अत्यन्तै आमानविय ब्यवहार हट्न सकेको छैन । गाँउ लगाएत शिक्षीत ठाउमा पनि पुर्णरुपमा जातिय भेलभाव हट्न नसक्दा पटक पटक यस्ता घटनाहरु दोहरिदैं गएका छन । कसैलाई पनि जातियरुपमा अपहेलना गर्नु, बिभेद गर्नु, होच्याउनु भनेको कानुनीरुपमैं दण्डनिय अपराध भएको भएपनि त्यसको सही कार्यन्वयन हुन नसक्दा यस्ता घटनाले प्रसय पाइरहेका छन ।