चिनियाँ राष्ट्रपति शी आज भारत आउदै

असोज १, काठमाडौँ-चिनियाँ राष्ट्रपति शी चिनफिङ तीन दिने भ्रमणको लागि आज भारत आउने भएका छन्  । शक्ति राष्ट्र चीनको राष्ट्रपतिको आगमनलाई ध्यान दिदै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  चिनियाँ राष्ट्रपति शी अहमदावाद हुदै नयाँदिल्ली पुग्ने कार्यक्रम छ । शीको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदावाद पुगिसक्नु भएको छ ।

राष्ट्रपति शीको भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका बरिष्ठ पोलिटव्युरो सदस्य, वाणिज्य मन्त्री लगायतका अधिकारीहरु सहभागी छन् । अहमदावादमा रात्रीभोजमा सहभागी भएपछि राष्ट्रपति शी नयाँदिल्ली प्रस्थान गर्ने र विहीबारदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय हुने भारतीय सन्चार माध्यमले जनाएका छन् ।