राष्टिय विज्ञान दिवस मनाइदै

असोज १, काठमाडौँ-‘विज्ञान प्रविधि र आविश्का, दिगो विकासको आधार भन्ने नारा सहित दोश्रो राष्टिय विज्ञान दिवसआज  विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइदैछ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले आज वैज्ञानिक समयमा विज्ञानको प्रयोग र उपलब्धि शिर्षकमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । गत सालबाट नेपालमा मनाउन थालीएको दिवसको सरकारी  स्तरबाट विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले कार्यक्रमको संयोजन गरेको मन्त्रालयका प्रवक्ता आमआधार शाहले जानकारी दिनुभयो । प्रवक्ता शाहका अनुसार दिवसका अवसरमा वीपी कोइराला प्लानेटेरियम, अब्ज्रभेटरी एवम् विज्ञान सङग्रहालय विकास समितिद्धारा नवनिमिर्त राष्ट«िय विज्ञान सङग्रहालय भवनको उद्घाटन गरिने छ ।