ओलम्पिद्धारा एथ्लेटिको तथा डर्टमण्डसँग आर्सनल पराजित

असोज १, काठमाडौँ-गत वर्षको फाइनलिस्ट एथ्लेटिको म्याड्रिड पनि ग्रिक क्लब ओलम्पिआकोस्सँग स्तब्ध बनेको छ । गएराती सम्पन्न खेलमा ओलम्पिआकोस्ले एथ्लेटिकोलाई ३–२ गोल अन्तरले पारजित गरेको हो । त्यस्तै  इंग्लिस क्लब आर्सनलले ठूला टोलीसँग आफ्नो खराब प्रदर्शनलाई जारी राख्दै च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित भएको छ ।  गएबार राती भएको खेलमा डर्टमण्डका लागि सिरियो इमोबाइल र पेरी एमेरिक औबामेयाङ्गले एक–एक गोल गरेका थिए ।  खेल अवधिभर आर्सनलले मात्र चार पटक डर्टमण्डको पोस्टमा आक्रमण गरेको थियो ।