विषेश शुरक्षा योजना कार्यक्रम आज देखि लागु हुने

असोज १, काठमाडौँ-नेपालीहरुको महान पर्व वडादशै, तिहार र छट पर्वलाई मध्य नगजर गर्दै महानगरीय प्रहरी विभागले उपत्यकामा चाडवाड विषेश शुरक्षा योजना कार्यक्रम आज देखि लागु गर्ने भएको छ । चाड पर्वमा चोरी, डकैती, चन्दा आतंक, फिरौती जस्ता घटनानघटोस भनि उपत्यकाका तिन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा सुरक्षा योजना लागु गर्ने भएको हो ।

यसैविच महानगरीय प्रहरी अपराध महाशाखाले पनि भदौ १५ गतेबाट विषे शुरक्षा कार्यक्रमको लागु गरि सकेको छ । सुरक्षा कार्यक्रम लागु भए संगै दुई महिना सम्म पुरै अनैतिक क्रियाकलाप हुन नदिन प्रहरीहरुलाई चनाखो बनाई राख्ने माहाशाखालले जनाएको छ ।