आजदेखि सहुलियत पसल सञ्चालन हुँदै

असोज १, काठमाडौँ-सरकाले नजिकीदै गरेको चाडपर्वलाई लक्षित गरी आज देखि उपत्यकाका विभन्न आठ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गर्न लागीएको हो । उपत्यकाका ७ स्थान गरी मुलुकभरका ७१ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । बजारमा चाडपर्वमा कालोबजारी मुल्य वृद्धी गरीने भएकाले पनि त्यसलाई नियन्त्रण गर्न सहुलियत पसल सञ्चालन गर्न लागीएको वाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदिले जानकारी दिनु भएको छ ।