अन्योलताका बिच सर्वपक्षीय राजनीतिक सम्मेलन हुँदै

भदौ ३१, काठमाडौँ-संविधानसभा बहिष्कार गर्दै आएको शक्तिलाई संविधान निर्माण प्रत्रिलयामा सहभागी गराउने लक्ष्यसहित राष्टिय राजनीतिक सम्मेलन आज गर्ने तयारी भएपनि सम्मेलन हुने या नहुने भन्नेमा अन्योलता सिर्जना भएको  छ । मोर्चाको प्रमुख घटक  नेकपा माओवादीले भने संविधानका अन्र्तबस्तु र अन्य मुद्धामा सहमति गर्नमा प्रमुख दलहरुबिच टुगो नलागेकाले सम्मेलन प्रति शंका उठ्दै गएको माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । बहुप्रतिक्षित सम्मेलनको सम्मुखमा नेकपा माओवादी सहति प्रमुख ४ दल बीच एजेण्डामानै बिबाद सृजना भएपछि सम्मेलन प्रति आशंका उब्जिएको हो ।

माओवादीले शान्ति प्रक्रिया, संविधान र संक्रमणकालीन राजनीति व्यवस्थानका विषय समेत समेट्नुपर्ने बताएपछि राजनीतिक सम्मेलन अन्योलमा परेको हो । प्रवक्ता भेसालले  सबै विषयमा छलफल हुने स्पष्ट भएपछि मात्र सम्मेलनमा सहभागी हुने जानकारी दिनुभयो । प्रवक्ता भुषलका अनुसार ‘सबै विषयमा प्रष्ट भएपछि मात्र सम्मेलन गर्नुको औचित्य हुन्छ, शीर्ष तहमा सहमति गरेपछि मात्र सम्मेलन गर्ने कुरा भएको छ । तर प्रधानमन्त्रीको निजी सचिवालयले भने विहान ९ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सर्वदलीय राजनीतिक सम्मेलन हुने जनाएको छ । सचिवालयका अनुसार सम्मेलनअघि त्यस्तो कुनै वैठक बस्ने कार्यक्रम छैन ।

नेकपा–माओवादीको माग अनुसार नै सर्वपक्षीय सम्मेलन गर्न लागिएको र माओवादी सहभागी नभएपनि सम्मेलन हुने कांग्रेस र एमालेका नेताहरुले बताएका छन् ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सो सभामा संविधानसभा रहेका र बाहिर रहेका दलका प्रतिनिधि सहभागी हुने जनाइएको छ । सो सम्मेलनले संविधानका अन्तर्वस्तुका छलफल गरी शीर्ष नेतासमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । सम्मेलनमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र नेकपा–माओवादीबाट पाँच पाँच र अन्य दलबाट एक एक प्रतिनिधिको सहभागिता रहने काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने सम्मेलनमा भाग नलिने निर्णय सार्वजनिक गरिसकेको छ ।