चिलिमे जलविद्युत् सेवा पुनःसञ्चालन

 भदौ ३१, रसुवा– राष्ट्रिय प्रसारण लाइन बिग्रँदा गत चार दिनदेखि बन्द रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृह सोमबार साँझदेखि पुनःसञ्चालन भएको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रसारण महाशाखाका सह प्रबन्धक रोहिणी मैनालीका अनुसार नुवाकोटको गेर्खु गाविसको भंैंसेमा चुँडिएको प्रसारण लाइन मर्मतपछि विद्युत्सेवा फेरि सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सोमबार बिहान भएको छलफलमा प्राधिरकणले चुँडिएको तारले पु¥याएको क्षति मूल्याङ्कन गरी पीडित पक्षलाई आगामी असोज ५ गतेभित्र क्षतिपूर्ति दिने सहमति भएपछि स्थानीय अवरोध खुल्ला भएको हो ।