श्रीमतीलाई बन्चरोले हाने अनि आफैँ झुन्डिए

भदौं ३१, बाग्लुङश्रीमतीलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेका श्रीमाले झुन्डिएर आत्महत्या गरेका छन् । आजको कान्तिपुरमा समाचार छ, बोवाङ ९ का नमसिंह विकले श्रीमती लिलालाई बन्चरो हानेर हत्या प्रयास गरेका हुन् । शनिबार साँझ भएको अत्तिः असफल प्रयासपछि आफू भने पासो लगाएर घरैमा झुन्डिएका थिए । ढोरपाटन चौकीका प्रहरी पुग्दा लीला घाइते अवस्थामा र श्रीमान मरिसकेका थिए ।