कांग्रेसभित्र नेतृत्वको कडा आलोचना

भदौ ३१,काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमितिको साढे सात महिनापछि सोमबार बोलाइएको बैठकमा बोल्ने सबैजसो सदस्यले राष्ट्रिय महत्वका विषयहरुमा पार्टीमा छलफल नभई नेता विशेषबाट निर्णय हुन थालेको भन्दै आक्रोस पोखेका छन् । यसअघि गत माघ २१ मा बैठक भएको थियो । धिानमै नभएको पदाधिकारी बैठकको पद्धती बसालेर पार्टी केन्द्रीय समितिमा निर्णय गर्नेभन्दा सुनाउने परम्परा बसालिएको भन्दै सदस्यहरुले विरोध गरेका हुन् ।

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ,अर्जुननरसिंह केसी,भीष्म आङदाम्बेलगायत नेताहरुले २५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउँदा पनि सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बैठक बोलाउन बेवास्था गरेर पार्टीमा अलोकतान्त्रिक प्रवृति हाबी गराएको आरोप लगाए ।
एमालेसँग गरिएको सातवुँदे सहमति,सरकारको न्युनतम साझा कार्यक्रम,सरकारको नीति तथा कार्यक्रम,बजेट,२६ सभासद्को मनोनयलगायत संविधान निर्माणका अन्तरबस्तुमा केन्द्रीय कार्यसमितिमा छलफल नभएकामा सदस्यहरुले सभापति कोइरालासहित शीर्ष नेतृत्वको विरोध गरेका थिए,आजको कान्तिपुर दैनिकमा खबर छ ।