रंगमञ्चमा अफ्रिकी कथा

भाद्र ३०,काठमाडौ-उनी सुतिरहेकी थिइन् तर, निदाएकी थिइनन्। बन्द आँखा हेर्दा जति शालीन लाग्थे, त्यहाँबाट चुहिएका आँसुले संकेत गथ्र्यो उनको बेचैनी। एक अपि|mकी युवतीको विचलित मन मञ्चमा देखाउन खोजिए तापनि नेपाली दर्शकले आफ्नै कथा जस्तो अनुभूति गर्थे। सम्पन्न हुँदाहुँदै पनि अभाव। केही नभएजस्तो, नपुगेजस्तो। लाजिम्पाटस्थित थिएटर भिलेजमा केही सातादेखि मञ्चन गरिएको नाटक ‘इन द रेड एन्ड ब्राउन वाटर’ मा यसरी महिलामा हुने मातृ वात्सल्य भाव र बाँझोपनको पीडालाई खुलाउने प्रयास गरेको कान्तिपुरमा खबर छ । आइतबार अन्तिम शो गरिएको यो नाटकले अपि|mकाको ओरुबा समुदायको कथा भन्छ।
ओरुबा ओरिसास परिवेशमा आधारित यो नाटकमा विषयवस्तुसँगै त्यहीँको परम्परा र संस्कृतिले धेरैको ध्यान आकर्षण गरेको निर्देशक डेवोरा मेरोलाले बताइन्। तारेल अल्भिन म्याक्रेनीले लेखेको यो नाटकलाई अमेरिकी रंगकर्मी डेवोराले निर्देशन गरेकी हुन्। करिब साढे दुई घन्टा लामो नाटकमा मुख्य तीन पक्ष समेटिएका छन्, ओरुबा संस्कृति, बाँझोपन र नारी मनोभाव। सांस्कृतिक स्वाद फरक भए पनि नारी मनोभावचाहिँ सर्वव्यापी र सर्वकालिक अनुभव हुन्थ्यो।

ओया नाटककी मुख्य महिला पात्र हुन्। उनकै जीवन भोगाइमा दृश्य केन्दि्रत छ। करिअर बनाउने काँचै उमेरमा ओया टुहुरी हुन पुग्छिन्। एक्ली किशोरी कसैको सहारामा भौतारिएकी हुन्छिन्। यत्तिकैमा उनी एक युवकसँग प्रेममा पर्छिन्। ती युवाको साथले मात्रै ओयाको चाहना पूरा हुँदैन। चञ्चले र रोमान्टिक स्वभावका उनका प्रेमीले आफ्ना यौन चाहना पूरा गरे पनि ओया खुसी हुँदिनन्। उनी ‘सन्तान’का लागि छटपटाइरहन्छिन्। हरेक युवतीको जीवनको अन्तिम लक्ष्य आमा बन्ने हुन्छ भन्ने मान्यतालाई नाटकले प्रकाश पारेको छ। ‘यो नाटक हो तर सबैतिरको यथार्थ पनि उस्तै छ,’ निर्देशक डेवोराले भनिन्, ‘मातृत्व वेदना दृश्यमा उतार्ने प्रयास गरेकी हुँ।’

अंग्रेजी भाषामा मञ्चन गरिएको नाटकमा केही विदेशी र धेरै नेपाली कलाकारले अभिनय गरेका छन्। ओयाको अभिनय भने एलिज बेनिकले गरेकी छन्। वन वल्र्ड थिएटरको प्रस्तुति रहेको नाटकमा कथाअनुरूप परिवेश पनि सान्दर्भिक देखाउन खोजिएको थियो। थिएटरमा पेन्टिङ गरेर समुद्री किनाराको महसुस गराउन निलो र खैरो रंग पोतिएको थियो। नाटकमा राजकुमार पुडासैनी, आशान्त शर्मा, दिव्यदेव, अनुजा हाडा, लुनिभा तुलाधर, रोजिता बुद्धचार्य, विनीता बराल, केली माग्ली, उत्पल झा, अमृत दाहाल लगायतले अभिनय गरेका थिए।