समयमा संविधान दिए बोगटीकोको आत्माले शान्ति पाउँछ: प्रधानमन्त्री

भदौ ३०, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला एनेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको परिवारजन र एनेकपा माओवादीका नेताहरुलाई समवेदना व्यक्त गरेका छन्। प्रम कोइरालाले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगी  राजनीतिमा सरल र सरस व्यक्तित्व उपाध्यक्षको अल्पायुमा नै भएको निधनले मुलकलाई नै अतुलनीय क्षती भएको बताएका छन् ।

हृदयाघात र मस्तिष्काघात पछि बेहोस भएका वोगटीको हिजो  साँझ नै राजधानीको नर्भिक अस्पतालमा मृत भएपनि अस्पतालले एक विज्ञप्ती मार्फत क्लिीकल्ली डेथ भन्दै आज बिहान मात्र मृत घोषणा गरेको हो । कोइरालाले निर्धारित समयमा संविधान जारी गर्न आयोजित बैठकहरुमा सक्रियतापूर्वक सहभागी भैरहनु भएका बोगटीलाई अकास्मात हृदयाघात भएको खबरले आफू दुःखी भएको बेला निधनको खबर सुन्नु पर्दा मर्माहत भएको बताएका छन्।

प्रधानमन्त्री कोइरालाले शान्ति प्रकृयालाई टुंगोमा पुर्याकउदै समयमा संविधान जारी गरे मात्र बोगटीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने पनि बताए। मुलुकले द्वन्द्व धान्न नसक्ने बताउदै प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दलहरुको सहयोगमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकास हासिल गरेरै छाडिने प्रस्ट तरीकाले बताए।