नेता बोगटीको निधनपछि संसद वैठक स्थगित

भाद्र ३०, काठमाडौ-एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनका कारण आजको  संविधानसभा र संसद्को बैठक स्थगित गरिएको छ। संविधानसभा बैठक सुरु भए लगत्तै अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा र संसद दुवैको बैठक स्थगित गर्ने निर्णय सुनाएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । संसदको अर्को बैठक अब असोज १ गते ११ बजे संबिधानसभा बैठक र साँझ ५ बजे संसद बैठक बस्नेछ । एमाओवादी उपाध्यक्ष बोगटीको हृदयघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।