संसद बैठक बस्ने तयारी भएपनि विपक्षीले अवरुद्ध गर्ने

भदौ ३०, काठमाडौँ-व्यवस्थापिका संसदको बैठक आज पनि  बस्ने भएको छ । साँझ ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका सहप्रवत्ता सुर्दशन कुइकेलले जानकारी दिए  । हिजो पनि यसअघि भएको चार बुदेँ सहमति कार्यान्वयनको माग गर्दै विपक्षीहरुले आज पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् । दिउँसो बैठक सुरु भए लगत्तै विपक्षी दलको तर्फबाट तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले सहमति कार्यान्वय नभएसम्म संसदको बैठक चल्न नदिने बताए  । संसद बैठक लागातार ६ पटक स्थगित भइसकेको छ ।