एमाओवादी उपाध्यक्ष पोष्टवहादुर बोगटीको निधन

भाद्र ३०, काठमाडौ – नेकपा एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचार गर्दागर्दै नर्भिक अस्पतालमा आज विहान निधन भएको छ । ६२ वर्षीय नेता बोगटीलाई बिहीबार  राति हृदयघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । मुटुको शल्यक्रिया गरेपछि उनलाई नभिर्क अस्पताल लगिएको थियो ।
श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिर अहिले एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएको छ ।  प्रधानमन्त्री  शुसिल कोइराला  श्रद्धाञ्जली दिन पेरिस डाँडा पुगेका छन् । यस्तै नेपाली कंग्रेस, एमाले मन्त्री तथा नेताहरु र सरकारी अधिकारीहरु बोगटीलाई श्रद्धाञ्जली दिन पुगेका छन् ।

उनको पाथिर्व शरिलाई अन्तिम श्रद्धाञ्जलीका लागि केहीबेरमा  खुलामञ्चमा लगिने छ । बोगटीको अन्त्येष्ठी आज साँझ पशुपति आर्यघाटमा हुनेछ ।
बोगटीको निधनमा सरकारले मुलुकभर ३ दीन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ  । असोज ५ गते देशव्यापी श्रद्धाञ्जली सभा गरिने छ ।