बोगटी ‘क्लिनिकल्ली डेथ’,अस्पतालले घोषणा गर्न बाँकी (प्रेस विज्ञप्ति सहित)

भदौ २९, काठमाडौँ-एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको अवस्था अत्यन्तै नाजुक बनेको छ । उनको उपचार भइरहेको नर्भिक इन्टरनेशल अस्पतालको उच्च स्रोतले चिकित्साशास्त्रको परिभाषामा उनको मृत्यु भइसकेको अर्थात क्लिनिकल्ली डेथ भइसकेको जनाएको  छ । नर्भिक अस्पतालद्वारा जारी विज्ञप्तिमा पनि यस कुराको संकेत दिइएको छ । विज्ञप्तिमा उनको अवस्था ‘अत्यन्तै नाजुक’ बताउँदै उनलाई ‘परम्परागत तथा जीवनदायी’ उपचार मात्रै दिन सकिने उल्लेख छ ।

press r

नर्भिक स्रोतका अनुसार अस्पतालमैं बसिरहेको एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताको बैठकले पनि यही विषयमा छलफल गरिरहेको छ । अस्पतालमा काठमाडौंमा उपलब्ध धेरै मुटुरोग विशेषज्ञहरूसँग पनि यसबारे परामर्श भइरहेको स्रोतको भनाई छ । हृदयघात र मष्तिष्घातपछि बोगटीलाई तीन दिनअधि नर्भिकमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार बोगटीको क्लिनिकल्ली डेथ भइसके पनि औपचारिक घोषणा गर्न बाँकी छ । हृदयघात भएपछि बोगटीलाई बिहीबार बेलुका बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । शुक्रबार उनलाई थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो ।

६२ वर्षीय बोगटीलाई गत भदौ २६ गते बिहिबार अपरान्ह अचानक एकैपटक हृदयाघात तथा मस्तिष्कघात हुँदा गङ्गालाल हृदयरोग केन्द्रमा पुर्‍याइएको थियो र भदौ २७ गते शुक्रबार अपरान्ह नर्भिकमा रिफर गरिएको थियो। उनको मस्तिष्कको देब्रे भागमा वृहत् रक्तस्राव सहित रगत जमेको कारण उनलाई नर्भिक पठाइएको चिकित्सकले बताएका छन्।नर्भिकमा हाल उनलाई वरिष्ठ हृदयरोग (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) विशेषज्ञ प्राडा यादवदेव भट्टको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सुक्ष्म निगरानीमा उपचार गरिरहेको छ।

उपचाररत चिकित्सकीय टोलीका सदस्यहरूमा अमेरिकन बोर्ड सर्टिफाइड स्नायुरोग विशेषज्ञ डा। पंकज जलान, वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा।डा। रमेश चोखानीले हेरिरहेका छन् भने हस्पिटलका वरिष्ठ हृदयरोग विेषेशज्ञ भारत रावतलगायतको टोलीले हेरिरहेको छ।