मागेरै एक करोड ७० लाख सङ्कलन

भदौ २९, मोरङ-एउटा मान्छेले मागेर कति पैसा उठाउन सक्ला ? १ लाख २ लाख वा १० लाख ? तर यो खबर भनेर पनि पत्याइनसाध्यको छ ।  मोरङका एक वृद्धले मागेरै एक करोड ७० लाख सङ्कलन गरेका छन् । तर उनले उक्त मोटो रकम आफ्नो व्यक्तिगत प्रयोजनाका लागी नभै समाजसेवामा खर्चिने बताएका छन् । उनले  सङ्कलन गरेको रकमले विराटनगर–११ स्थित अशोक चोकमा १० कट्ठा १३ धुर जमिन खरिद गरेका छन् । त्यही जमिनमा उनले चार कोठाको तीनतले भवन निर्माण गरेका छन् ।

विराटेश्वर वृद्धाश्रम सञ्चालन गर्न कठिन भएपछि समाजसेवी जगत अज्र्यालले वृद्धाश्रमको सहयोगका लागि दैनिक चन्दा सङ्कलन गर्न थालेका थिए । विसं २०६० मा रकम सङ्कलन सुरु गर्न थाल्नुभएका अज्र्यालले वृद्धवृद्धालाई राख्ने ठाउँको अभाव भएपछि उक्त भवनको निर्माण गरिएको अज्र्यालले बताए । विसं २०६० देखि सञ्चालित उक्त वृद्धाश्रममा ८५ वृद्धवृद्धा भएकामा ३५ जनाको मृत्यु भइसकेको छ ।