बेलायती सहयोग नियोगका कर्मचारीको हत्या

भदौ  २९,काठमाडौँ  । इस्लामिक स्टेट (आइएस) आतङ्ककारीहरूले बेलायती सहयोग नियोगका एक कर्मचारी डेभिड हेन्सको हत्या  गरेको भिडियो सार्वजनिक गरेको छ । चौवालीस वर्षीय डेभिडलाई गत मार्च महिनामा उत्तरी सिरियाको एउटा शरणार्थी शिविर नजिकैबाट आइएससका सशस्त्र लडाकूहरूले अपहरण गरी अज्ञातस्थल तर्फ लगेका थिए ।   त्यसताका डेभिड एउटा फ्रान्सेली अन्तर्राष्ट्रिय सहयोग संस्थाका प्रमुख भई कार्यरत थिए । सो संस्थाले घरवारविहीन भएका हजारौँ सिरियाली जनतालाई शरणार्थी शिविरमा बसोवास र खानापानको बन्दोबस्तमा सहयोग पु¥याउँदै आएको थियो । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले डेभिड हेन्सको हत्यालाई ‘विशुद्ध राक्षेसी आक्रमण’ भन्ने सज्ञा दिनुभएको छ ।       गत शनिबार अपरान्ह्तिर हत्याको भिडियो  सार्वजनिक भएपछि प्रधानमन्त्री क्यामरुनले बेलायती विदेश मन्त्रीलाई  हेन्सको हत्या भएको हो होइन पुष्टी गर्ने आदेश दिइएको थियो ।       विदेश मन्त्रालयले हत्या भएको पुष्टी गरेपछि प्रधानमन्त्री क्यामरुन अत्यन्त दुखी र स्तब्ध भएका थिए । हेन्सको टाउको काटेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि उनका परिवारले बेलायत सरकार, अमेरिका र प्रजातान्त्रिक  विश्वसँग हारगुहार गरेका थिए ।  आइएसका आतङ्ककारीहरूले यसअघि दुईजना अमेरिकी पत्रकारको हत्या गरेका थिए ।  त्यसबखतै सार्वजनिक गरेको भिडियोमा एकै क्षण हेन्सको पनि अनुहार झुलुक्क देखाएर ‘अव हेन्सको पालो’ भन्ने क्रुर अभिव्यक्ति समेत ती आतङेककारीले दिएका समाचारमा बताइएको छ ।