बैदेशिक रोजगारी थप व्यबस्थित हुन्छ: टेक बहादुर गुरुङ, श्रम तथा रोजगार राज्यमन्त्री

राज्यमन्त्री भएपछि तपाइले महिलाहरुलाई तेश्रो मुलुक जाने चलनलाई रोकिदिनुभयो, यसरी रोक्नुको कारण के हो ?
हाम्रा महिला कामदार विश्वका तेश्रो मुलुकमा गइरहेका छन्, त्यसमा धेरै नै समस्याहरु आएका छन्, बिकृतिहरु पनि छन् । त्यसैले उनीहरु थप समस्यामा नपरुन भनेर रोकिएको हो । हामीले व्यबस्थित तवरले उहाँहरुलाई पठाउन तयारीको अन्तिम गृहकार्यमा छौँ ।

तपाइले भन्न खोज्नु भएको विकृति र समस्याहरु के के हुन् ?
अहिले घरेलु कामदारको रुपमा  जति पनि महिला दिदी बहिनीहरु विदेश जानुभएको छ  , विभिन्न जिल्ला  गााउँ गाउँबाट बाहिर जाने महिला दिदी बहिनीहरु जाने देश, त्यहाँको नियम , संस्कृति, भाषा, यातायात लगायतका विषयमा जानकार नहुँदा विभिन्न समस्याहरु  आइरहन्छन् । यि विषयमा हामीलाई विभिन्न निकायबाट वेला बेलामा जानकारी आइरहन्छ ।

तपाइले के कस्ता समस्याहरुको पहिचान गर्नुभयो ?
हाम्रा नेपाली दिदी बहिनीहरु त्यहाँ पुगिसकेपछि उहाँहरुले पाउने हक अधिकारीबाट पुर्ण रुपमा बञ्चित हुनुपरेको अवस्था छ । नेपालमा दिने भनेको काम,  तलब, मानसिक हिसाबले विचलित हुने लगायतका समस्याहरु बेला बेलामा आउने गर्दछन् । यस विषयमा महिला कामदारलाई सरकारले बञ्चित गराउनुहुन्न । त्यसैले महिला कामदारले विदेश जानु अघि चाहिने सबै जानकारीहरु लिएर निपुर्ण हुन म अनुरोध गर्दछु । उहाँहरुलाई यहीँ स्वदेशमा विभिन्न सिपमुलक कामहरु सिकेर, आफु जाने देशको भुगोल हावापानीका बारेमा जानकारी राखे धेरै कुरामा सहज हुन्छ । त्यसैले भारत लगायत अन्य मुलुकबाट नभै नेपालबाट नै विदेश गएको खण्डमा उहाँहरुलाई कुनै समस्या हुँदैन ।

 ओरीन्टेसन लगायतका तालीमहरु भनेर अभिमुखीकरण जस्ता तालीमहरु दिइएको छ नी, के त्यो प्रयाप्त छैन ?
अभिमुखीकरण तालीम हामीले १ सय भन्दा बढी संस्थाका लागी स्वीकृत गरेका छौँ ।  तर यहाँ राम्रोसँग आवश्यक तालीम नदिँदा समस्या आइ राखेको छ । त्यसैले हामीले बैधानिक तवरले राम्रोसँग तालीम दिएर श्रम सम्झौता गरेका देशमा पठाउने व्यबस्थ छिटो भन्दा छिटो सम्पन्न गर्न पनि लागिरहेका छौँ ।

तपाइहरुको यो योजना कहिले पुरा होला ?  जहाँकी यहाँ एकातिर बेरोजगार समस्या र अर्को तिर सरकारले विदेश प्रस्थानमा पनि प्रतिबन्ध लगाउँदा जन स्तरबाट तिब्र रुपमा विरोध आइरहेको छ ? यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
वास्तवमा हामीले महिला कामदारलाई रुवाउन खोजेका होइनौँ । हामीले उनीहरुलाई हाम्रो तर्फबाट बैधानिक बाटोको माध्यमबाट विदेश गए उनीहरुकै हित हुन्छ मात्र भनेका हौँ । भोली अप्ठ्यारो पर्दा उनीहरुले नै न्याय पाउने हो  ।

सरकारले महिला कामदारलाई बाहिर जान रोक्यो तर दलालले गाउँ गाउँबाट उनीहरुलाई भारतीय बाटोबाट बाहिर लगे, त्यही क्रममा धेरै आर्थिक अनियमितता पनि भयो , जसका कारण अन्य समस्या पनि आइराखेका छन् । यो समस्या निराकरण गर्नु पनि तपाईको जिम्बेवारी भित्र पर्लानि ?
यस्ता किसिमका समस्याहरु नआउन् भनेर हामीले विभिन्न अवैधानिक बाटो प्रयोग गरेर अनावश्यक आर्थिक बोझ नबोक्न आग्रह गरेका हौँ ।  हाम्रो सरकारले हाम्रौ विमानस्थलबाट उडाएर विभिन्न देशमा सर्वसुलभ तरिकाले हक र अधिकार  दिलाउन हामीले प्रयत्न गरिरहेका छौँ ।  नीति नियम बनाइरहेका छौँ । अब यो केही समयाम लागू हुन्छ । जुन जुन देशमा हाम्रा महिला कामदार छन् त्यहाँ हामीले मस्यौदा पठाइसकेका छौँ ।  हामी सिरीयस्ली लागीपरेका छौ । हामीले अहिलेसम्म कतार, साउदी, मलेसिया, दुवै लगायतका थुप्रै देशमा सकारात्मक पहलका लागी काम गरीराखेका छौँ ।

तपाइले यो अभियानलाई कहिले सम्ममा सम्पन्न गरिसक्नुहुन्छ ?
अहिले सम्म थालेका पहलहरु सकारात्मक हुँदा हुँदै पनि अलीक समय लागेको कुरा सत्य हो । अब बढीमा २ देखि ३ महिना भित्रमा सम्पूर्ण काम पुरा भइसक्छ । यो काम सम्पन्न भएपछि नेपाली दिदी बहिनीहरुले ढुक्कसँग कुनै झन्झट बिना आफनो काम गर्ने सु अवसर प्राप्त गर्नेछन् ।